Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मालपोतमा सरुवा गराउन चलखेल, भूमि ब्यवस्थापनका डीजीसँग बिचौलियाको उठबस

मालपोतमा सरुवा गराउन चलखेल, भूमि ब्यवस्थापनका डीजीसँग बिचौलियाको उठबस

मंगलवार , माघ ८, २०८१

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सरुवामा बिचौलियाको चलखेल उस्तै छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन कायम गर्ने भन्दै अध्यादेश ल्याए पनि कर्मचारी सरुवाम हुने आर्थिक चलखेल रोकिन सकेको छैन । आर्थिक लेनदेनका आधारमा सरुवा हुने क्रम नरोकिएसम्म भ्रष्टाचार रोकिन संभव छैन ।

मधेशका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा आर्थिक लेनदेनकै आधारमा हुँदैआएको छ । सामान्य प्रशासन मन्त्रालयदेखि भूमिब्यवस्था मन्त्रालयका सरुवामा बिचौलिया प्रमोद खड्काको चलखेल ज्यादै देखिन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै सेटिङ गरी खड्काले सोझै कार्यालय तोकेर कर्मचारीको सरुवा गराउने भन्दै रकम असुली गर्दैआएका छन् ।

सामान्यले मन्त्रालयमा सरुवा गर्ने हो, तर बिचौलिया खड्काले सोझै काठमाडौं उपत्यकाका मालपोत कार्यालय तोकेर सरुवा गराउने भनेर रकम उठाउँदैआएको स्रोत बताउँछ ।

मन्त्री गुप्ताले सरुवामा असुलीको डिल गर्नका परिचालन गरेका उनका छोरा सुभास गुप्ता, भाइ सन्तोष रौनियार गुप्ता र साला जितेन्द्र रौनियारसँग बिचौलिया खड्काको रातदिन उठबस रहेको छ ।

सामान्य प्रशासन मन्त्रालयमा मात्र होइन, पछिल्ला दिनमा बिचौलिया खड्काले भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शिवप्रसाद रेग्मीसँग पनि सेटिङ मिलाएर मालपोतका कर्मचारीको सरुवा गराउने चाँजोपाँजो मिलाएका छन् ।

खड्काले महानिर्देशक रेग्मीलाई काठमाडौं उपत्यकाका मालपोत कार्यालयदेखि विभिन्न सहरका मालपोत कार्यालयमा खरिदार, नायबसुब्बा, अधिकृत र उपसचिव सरुवा गराउनका लागि गोप्य डिल गरिसकेको स्रोतको दाबी छ ।

सामान्य प्रशासनबाट सोझै मालपोत कार्यालयमा सरुवा गराउने दाउमा खड्का लागेका थिए । तर सामान्य प्रशासनका भर्खरै सरुवा भएका सचिव भरतमणि सुवेदी र कर्मचारी प्रशासन महाशाखाका प्रमुख बलराम रिज्यालले त्यस्तो गर्न ठाडै अस्वीकार गरेपछि खड्काले भूमि ब्यवस्थापन विभागका महानिर्देशक रेग्मीकोमा पुगेका छन् ।

त्यसो त भूमिब्यवस्था मन्त्रीका निजी सचिव अनिल मरासिनी र स्वकीृय सचिव थानेश्वर अधिकारीसँग पनि खड्काले बारम्बार भेटेर लाभ लिंदै आकर्षक मालपोत कार्यालयमा सरुवा गराउनका लागि लागिरहेका छन् ।

यद्यपि भूमिब्यवस्था मन्त्री बलराम अधिकारीले सरुवामा बिचौलियालाई निषेध गरिरहेका छन् । उनको जानकारीबिना नै मन्त्रालयका मरासिनी, अधिकारी र बिभागका डीजी रेग्मीले बिचौलिया खड्कालाई भेटी सरुवाको बिषयमा कुराकानी गर्ने गरेको स्रोत बताउँछ ।

बिचौलिया खड्काले गुप्तालाई फेरी मन्त्री हुने होइन, मौकामा पैसा कमाउनुपर्छ भन्नेगरेका छन् भने भूमिब्यवस्थापन बिभागका डीजी रेग्मीलाई ‘अवकाश हुन लागिसक्यौ बुढा, कहिले कमाउँछौ’ भन्दै सरुवा गराउनका लागि उकास्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077