काठमाडौं । सडक दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् ।
जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको थियो ।
मन्त्री सिंहको छाती र पिठ्युमा चोट लागेको भएपनि अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।