काभ्रे । नक्कली शैक्षिक प्रमाणपत्रसहित एक शिक्षक पक्राउ परेका छन् । काठमाडौं अपराध महाशाखाको टोलीले धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरबाट ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचनाको अधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एनसिसीबाट जारी भएको स्नातकोत्तर तहको प्रमाणपत्र, टियुबाट जारी भएको स्नातकोत्तर तहको प्रोभिजन्ल क्यरेक्टर, त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र, नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र, टुयुबाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको प्रमाणपत्र सबै जफत गरेको छ ।
उनी विगत लामो समय देखि बनेपा बुडोलमा रहेको काभ्रे उच्च माबिमा शिक्षकको रूपमा कार्यरत थिए ।