Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सडकमा कुटिएका पूर्वमुख्यमन्त्रीले संसदमा भने - म पनि २-४ मुक्का हान्नेमा थिए

सडकमा कुटिएका पूर्वमुख्यमन्त्रीले संसदमा भने - म पनि २-४ मुक्का हान्नेमा थिए

सोमवार , माघ ७, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि भएको आक्रमण नियोजित नभएको बताएका छन् ।

सोमबार प्रदेश सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सेक्युरिटीलाई पन्छाएर आफूलाई हानेको र त्यसको प्रतिकारमा उत्रन खोज्दा साथीहरूले रोकेको बताए ।

उनले सभामा सम्बोधन गर्दै भने, ‘भिआइपीलाई साइड दिनुभएन ठिकै छ तर सडकमा त भिआइपी मात्रै होइन, अरु पनि हिँड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्युरिटीलाई पन्छाएर मलाई हानेको हो। सदनलाई नढाँटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ, तर मलाई साथीहरूले रोक्नुभयो।’

शनिबार साँझ झापामा पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077