Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

‘प्रेमिकाले धोका दिएको’ भन्दै ४० वर्षका पुरुषले गरे आत्मदाहको प्रयास

‘प्रेमिकाले धोका दिएको’ भन्दै ४० वर्षका पुरुषले गरे आत्मदाहको प्रयास

सोमवार , माघ ७, २०८१

मोरङ । मोरङको उर्लाबारीमा एकजना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।

‘प्रेमिकाले धोका दिएको’ भन्दै झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएका हुन् ।

आइतबार बिहान थापाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको मोरङ प्रहरीले जनाएको छ । उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको बताइएको छ ।

उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी छन्।

आगोले जलेर थापा घाइते भएका छन् । घाइते थापाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटना बारेमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077