Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

म कुटिदा प्रहरी रमिता हेरेर बस्यो, अहिले पनि अनुसन्धानमा कुनै गति देखिएन : अधिवक्ता त्रिपाठी

म कुटिदा प्रहरी रमिता हेरेर बस्यो, अहिले पनि अनुसन्धानमा कुनै गति देखिएन : अधिवक्ता त्रिपाठी

आइतवार , माघ ६, २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट हुँदा प्रहरी रमिता हरेर बसेको आरोप लगाएका छन् ।

आइतबार सर्वोच्च अदालत बार एसोसिएसनले त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्न आयोजित विरोध कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रहरीबाट धेरै ढिला प्रतिक्रिया दिएको बताउँदै उनले अहिले पनि अनुसन्धान तीव्र नभएको बताए ।

उनले भने, “प्रहरीले सुरुमा रमिता मात्रै हेरेर बस्यो। प्रतिक्रिया दिन धेरै ढिला गर्‍यो। अहिले पनि अनुसन्धान तीव्र हुनुपर्ने हो, तर त्यसमा कुनै गति देखिएको छैन।”

त्रिपाठीले कर्तव्यपालनको क्रममा कानून व्यवसायीमाथि आक्रमण हुनु न्यायिक प्रक्रियामाथिको गम्भीर चुनौती भएको बताए।

माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेटनजिकै कुटपिट भएको थियो। अहिलेसम्म प्रहरी दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077