हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चंखेली गाउँपालिका-१ को होहराबाडामा ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो ।
नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।
ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो । घाइतेहरूको उद्वारको प्रयास भइरहेको छ ।
ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।