Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

६ महिनामा झण्डै ४ लाख नेपाली बिदेसिए

६ महिनामा झण्डै ४ लाख नेपाली बिदेसिए

आइतवार , माघ ६, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अवधिमा झण्डै ४ लाख नेपाली बिदेसिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस सम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले विदेश काम गर्न जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

जसमा पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत तबरबाट १ हजार ८५ तथा मेनपावरबाट सहित कुल ६७ हजार २५८ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

विभागका अनुसार ६ महिनाको अवधिमा पुसबाहेकमात्रै व्यक्तिगत तबरबाट ५४ हजार ३७४, मेनपावरबाट १ लाख ३१ हजार ८५०, पुन श्रमस्वीकृतिबाट १ लाख ३५ हजार ४२५ तथा जीटुजीमार्फत ४ हजार १६० जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077