Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

शनिवार , माघ ५, २०८१

मोरङ । मोरङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

छावासहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको हो।

शुक्रबार मध्यरातमा हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बच्चासहित आएको माउ हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077