Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिवार , माघ ५, २०८१

स्याङ्जा । स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा ग १ क ५१३९ नम्बरको ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077