Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

हात्तीको आक्रमणबाट हरिप्रसादको मृत्यु

हात्तीको आक्रमणबाट हरिप्रसादको मृत्यु

शनिवार , माघ ५, २०८१

मोरङ । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका-८ का ७१ वर्षका हरिप्रसाद घिमिरे रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको निधन भएको हो ।

बच्चासहित आएको माउ हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

घिमिरेको शव पोष्टमाटमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077