Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिडियो कार्यालय मुस्ताङमा आगलागी, हवलदार घाइते

सिडियो कार्यालय मुस्ताङमा आगलागी, हवलदार घाइते

बिहिवार , माघ ३, २०८१

मुस्ताङ । मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार राती साढे दुई बजे तिर एक्कासि आगलागी भएको हो ।

आगलागी हुँदा जिल्ला प्रशासनको पुरानो भवनको एउटा कोठामा भएको सामग्रीहरू जलेर नष्ट भएका छन् भने प्रहरी हवलदार पनि घाइते भएका छन् ।

आगालागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

घाइतेको जिल्ला अस्पताल मुस्ताङमा उपचार पछि थप उपचारका लागि राती नै पोखरा रिफर गरिएको छ । आगलागीको एकिन कारण नखुले पनि विद्युत् सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077