काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ १० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
Leave a Reply