Online Nepal
  • शनिबार, २० पुष २०८१
  • स्वर्णलक्ष्मी बचत अपचलन प्रकरण

    रविविरुद्ध पोखरामा थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा चलाउन सिफारिस

    रविविरुद्ध पोखरामा थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा चलाउन सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १८ पुष २०८१
  • 690
    SHARES

    काठमाडौं । कास्की जिल्ला अदालतमा पूर्वउपप्रधानसहित गृहमन्त्री समेत भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध थुनछेक बहस भइरहँदा यता काठमाडौं प्रहरीले भने उनीमाथि मुद्दा चलाउन सिफरिस गरेको छ ।

    कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ३८ जनालाई प्रतिवादी कायम गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो।



    उनीहरूविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।



    अधिकारीका अनुसार बिहीबार उक्त मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइएको हो । प्रहरीका अनुसार यसअघि ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्ने भनिए पनि ३८ जनालाई प्रतिवादी कायम गरी प्रतिवेदन बुझाएको छ।

    प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको रायसहितको प्रतिवेदनमा रास्वपाका सभापति लामिछानेसहित ३८ जनालाई प्रतिवादी बनाइएको छ। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाएको हो।

    उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३८ जनालाई ‍प्रतिवादी कायम गरेको प्रहरीले जनाएको छ।

    त्यस्तै पूर्वउपराष्ट्रपति पुत्र एवं विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरसहित उक्त सहकारीबाट ऋण लिएका अन्य एक दर्जन संघसंस्थालाई पनि प्रतिवादी बनाएको प्रहरीले जनाएको छ । रकम अपचलन भएको सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय पैसठ्ठी रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धान खुलेको छ।

    यसैगरी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीलगायत सातजनाको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार