Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • भृकुटीमण्डपमा जुत्ता चप्पलको ‘बम्पर सेल मेला’, १५ देखि ५० प्रतिशतसम्म छुट

    भृकुटीमण्डपमा जुत्ता चप्पलको ‘बम्पर सेल मेला’, १५ देखि ५० प्रतिशतसम्म छुट

    अनलाइन नेपाल
  • आइतबार, १४ पुष २०८१
  • 69
    SHARES

    काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगहरुबाट उत्पादित स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्ने उद्देश्यले राजधानी काठमाडौंको मुटु भृकृटीमण्डपमा जुत्ता–चप्पलका ‘बम्पर सेल मेला’ शुरु भएको छ ।

    हरेक भेराईटीका सामग्री एकै स्थानबाट उपभोक्तालाई खरिद गर्न सजिलो होस् भन्ने उद्देश्य लिएर बम्पर सेल मेला आयोजना गरिएको बम्पर सेल मेला आयोजक समितिका संयोजक डिल्ली प्रसाद सुवेदीले बताए ।



    पुस ९ गते मंगलबारदेखि शुरु भएको यो मेला एक महिनासम्म चल्ने अयोजकले जनाएको छ । मेलामा पाँच हजारभन्दा बढी डिजाईनका फरक फरक आकार प्रकार र उच्च गुणस्तरका जुत्ता–चप्पलहरु राखिएको पनि आयोजकको दावी छ ।



    बम्पर सेल मेलाको अवसरमा प्रत्येक जोर जुत्ताको मुल्यमा न्युनतम १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाउँदै अयोजक समितिले जाडो मौसमलाई मध्यनजर गर्दै स्पोर्टस् सुज (जुत्ता)का साथै छालाका आकर्षक, गुणस्तरिय, भरपर्दो र टिकाउ किसिमका जुत्ता तथा चप्पलहरु मेलामा राखिएको जनाएको छ ।

    नेपाल र विदेशी कच्चा सामग्रीको प्रयोग गरिएका सबैजसो जुत्ताहरु मेलामा राखिएका छन् । दुई दर्जन बढी उद्योगबाट उत्पादित जुत्ता –चप्पलको यो मेलाले नेपालका जुत्ता तथा चप्पल उद्यमी, व्यापार र व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ दिने आयोजक समितिको विश्वास रहेको छ ।

    त्यतिमात्रै होइन मेलाले उपभोक्तालाई सहज रुपमा सस्तो मुल्यमा एकै ठाउँमा आफूले रोजेको जुत्ता चप्पल खरिद गर्न पाउने अवसर जुटाई दिएको छ ।

    मेलाका अवसरमा आयोजक बासु रोकाले जुत्ता र चप्पलमा मुलुकलाई आत्मनिर्भर भएको जनाउँदै यस व्यावसायलाई संरक्षण प्रवद्र्धन र विस्तार गर्न राज्यले स्वदेशी उद्यमी र उद्योगलाई सुविधा र सहयोग उपलब्ध गराउनु पर्ने जनाए ।

    उनले यदि सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहित गेमा विदेशी ब्राण्डका जुत्ता चप्पलहरुको आयात कम भई देशको अर्थतन्त्रमा केही हदसम्म भए पनि सहयोग हुने उल्लेख गरे ।

    आयोजक समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘मेलामा बालकदेखि बृद्धसम्म, युवा र युवतीहरुको रोजाई र चाहना बमोजिमका उत्पादनहरु राखिएकाले आरामदायी र आकर्षक अनि टिकाउ स्वदेशी उत्पादनको समयमै खरिद गर्ने अवसरमा मेलामा उपभोक्ताले पाउने छन् ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार