काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।
नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो। मंगलबार परिसूचक १४ अंकले बढेको थियो।
सो दिन ५ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ।
यसदिन ३१० स्क्रिप्सको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भयो। दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर ७.३२,प्रभु बैंकको ५.८६ र कुथेली बुखारी स्माल हाइड्रोपावरको ५.०५ प्रतिशतले बढ्यो।
यसदिन कारोबार रकमका आधारमा प्रभु बैंक शीर्षस्थानमा रह्यो। कारोबारमा आएकामध्ये ७० स्टक्सको मूल्य बढ्दा १६३ वटाको घट्यो। बाँकी ९ स्टक्सको मूल्य स्थिर रह्यो। चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
Leave a Reply