Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको हो।

समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको छ । बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन।

मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो ।

पछिल्लो एक वर्षको अवधिमा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता कम्तीमा ३२० र बढीमा ८७० कायम भएको छ।

राष्ट्र बैंकले यसअघि नेपाल बैंक, एनबी बैंकजस्ता ‘क’ वर्गका बैंक पनि टेकओभर गरेर स्थिति सुधार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077