Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टमा राखिएका मदिराका विज्ञापन

काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टमा राखिएका मदिराका विज्ञापन

बुधवार , पौष १०, २०८१

काठमाडौं । चर्चित भारतीय गायक सोनु निगमले सांगीतक प्रस्तुति दिने कार्यक्रममा अनाधिकृत रुपमा राखिएका मदिराजन्य विज्ञापनहरु काठमाडौं महानगरपालिकाले हटाएको छ ।

काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध ह्यात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो ।

आज काठमाडौं आईपुगेका निगमले क्रिसमसका अवसरमा सांगीतक प्रस्तुति दिने कार्यक्रम रहेको छ । अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको महानगर प्रहरीले जनाएको छ ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो । प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन्।

उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ। झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077