Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्यटकीय नगरी पोखरा बिवाइडीमय, ‘एम ६’ सार्वजनिक

पर्यटकीय नगरी पोखरा बिवाइडीमय, ‘एम ६’ सार्वजनिक

बुधवार , पौष १०, २०८१

पोखरा । नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेलको बिवाइडी एम–६ सार्वजनिक गरेको छ।

विद्युतीय सवारी निर्माता कम्पनीले बिवाइडीले पर्यटकीय नगरी पोखरामा एमपीभी एम ६ गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले मंसिर अन्तिममा उक्त प्रिमियम गाडीको बुकिङ खुला गरेको थियो । पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको अवसरमा हट एयर बेलुन उडाएर एम–६ सार्वजनिक गरिएको हो।

यस अवधिमा गाडी बुकिङ गरेका एक सयजना ग्राहकलाई कार्यक्रममा गाडी समेत हस्तान्तरण गरिएको थियो । सात सिटे यस गाडीको प्रारम्भिक मुल्य ६० लाख १५ हजार रहे पनि बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि एक लाख ५० हजार नगद छुट दिएको थियो।

विशेषगरी पर्यटन व्यवसायीको रोजाईमा परेको यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको दावी छ।

कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटीसहितको सात सिटे प्रिमियम गाडीमा प्यानोरामिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटी छ ।

एक सय किलोवाट हाइ–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर डब्लुएलटीसी सम्मको रेन्ज दिने छ । एम–६ गाडीको मूल्य ५८ लाख ९० हजार रूपैयाँ तोकिएको छ।

बिवाइडी एम–६ मा ५५.४ र ७१.८ किलोवाट आवरको दुई किसिमका ब्याट्री पाउन सकिन्छ। १०० किलोवाटको मोटर उपलब्ध छ। ५५.४ किलोवाटको ब्याट्रीले ४२० र ७१.८ किलोवाटको ब्याट्रीले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

यो ७ सिटर गाडीमा हो। यसको लम्बाई ४७१० एमएम, चौडाई १८१० एमएम र उचाइ १६९० एमएम छ। गाडी ब्याक गर्नुपर्दा पछाडिको अवस्था देखिने डिस्प्ले राखिएको छ। यसमा वायरलेस फोन चार्जिङ लगायत नवीनतम प्रविधि जोडिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077