Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

आजको मौसम : हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

बुधवार , पौष १०, २०८१

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा आज हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्नेछ ।

मंगलबारको तुलनामा आज मौसम सफा रहनेछ । काठमाडौंका आज बिहानको तापक्रम ७।५ मापन गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहनेछ ।

महाशाखाले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077