Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

मंगलवार , पौष ९, २०८१

काठमाडौं । यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने भएको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज मंगलबार बसेको मूल समारोह समितिको बैठकले २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको हो ।

आजको बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको छ । बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रम आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थालाई आग्रह गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077