Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सरकारलाई सर्वोच्चको आदेश - जनयुद्ध शब्दको प्रयोग नगर्नू

सरकारलाई सर्वोच्चको आदेश - जनयुद्ध शब्दको प्रयोग नगर्नू

बिहिवार , पौष ४, २०८१

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई 'जनयुद्ध' शब्दको प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले सो आदेश गरेको हो ।

अदालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको छ ।

यसअघि ज्ञानेन्द्रराज आरणले संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकामा सो शब्द संविधानविपरीत रहेकाले हटाउन माग रिट दायर गरेका थिए ।

जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ को ५० प्रतिकूल भएको सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले अर्को छलफल नभएसम्मका लागि यो आदेश गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077