Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

आइतवार , जेठ ३१, २०८३

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो ।

आइतबार बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077