Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अछामको चौरपाटीका आरन व्यवसायीलाई एक महिने निःशुल्क तालिम

अछामको चौरपाटीका आरन व्यवसायीलाई एक महिने निःशुल्क तालिम

बिहिवार , पौष ४, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिका-१ सिउँडीका आरन व्यवसायीलाई तालिम दिइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजना तथा चौरपाटी गाउँपालिकाको समन्वयमा ६ जना आरन व्यवसायीलाई एक महिने निःशुल्क तालिम दिइएको हो ।

गत मंसिर ५ गतेबाट सुरु भएको तालिम बिहीबार एक कार्यक्रमकाबीच सकिएको छ । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको बताइएको छ ।

आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग पुग्नुका साथै स्थानीय कृषि औजार प्रवर्धनमा सहयोग पुग्ने पनि विश्वास गरिएको छ ।

आरन व्यवसायीलाई बिहीबार चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले प्रमाणपत्र प्रदान गरेका थिए । सो क्रममा अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077