Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अछाम बहुमुखी क्याम्पसमा बुवा-आमाको सम्झनामा अक्षयकोष स्थापना

अछाम बहुमुखी क्याम्पसमा बुवा-आमाको सम्झनामा अक्षयकोष स्थापना

बिहिवार , पौष ४, २०८१

अछाम । अछाम बहुमुखी क्याम्पसले मंगलसेन नगरपालिका -५ निवासी अछाम बहुमुखी क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय डण्ड प्रसाद भाटको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।

उनका छोरा डम्बर दत्त भाट, ई. प्रेम प्रसाद भाट र बसन्त राज भाटले स्वर्गीय बुवा डण्ड प्रसाद र आमा कलु देवी भाटको सम्झनामा अछाम बहुमुखी क्याम्पसमा एक लाख एक हजार १०१ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

उक्त रकमको चेक स्वर्गीय भाटका छोरा बसन्त भाटले क्याम्पस प्रमुख धुर्व बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए । उक्त अक्षयकोष बाट गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाइ छात्रवृत्ति बितरण गरिने बताइएको छ ।

स्वर्गीय भाट नेपाली काङ्ग्रेसअछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति ,निजामती कर्मचारी युनियन अछामका संस्थापक अध्यक्ष समेत हुन ।

लामो समय निजामती सेवाम रहि जनताको सेवामा कटिबद्ध रूपमा लागेका थिए । स्वर्गीय भाटलाई अछाम बहुमुखी क्याम्पसले मरणपरान्त सम्मान समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077