Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घरभित्र निसास्सिएर आमा-छोराको मृत्यु

घरभित्र निसास्सिएर आमा-छोराको मृत्यु

बिहिवार , पौष ४, २०८१

सुर्खेत । घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ।

सुर्खेतको वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको हो ।

सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

तीनै जनालाई आज विहान अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077