Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से

साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से

बिहिवार , पौष ४, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।

अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजारमा आज पनि उच्च गिरावाट आएको हो ।

बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको छ ।

बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् ।

सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ ।

सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077