काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ ।
धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको सेयर कारोबार पनि रोक्का गरिएको छ ।
नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीका अनुसार कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको छ भने सञ्चालक समितिको निर्णय के कति कारणले समयमा जानकारी नदिएको हो भनेर तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।