Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

सोमवार , पौष १, २०८१

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष हुन् ।

अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मनोनयन दर्ता गराएपनि सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।

पुस ३ गते हुने संघको ३८ औं वार्षिक साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077