Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा २२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा २२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ।

गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।

आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077