Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामान्य अंकले नेप्से घट्दा ४ अर्ब ४१ करोडको सेयर कारोबार

सामान्य अंकले नेप्से घट्दा ४ अर्ब ४१ करोडको सेयर कारोबार

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ।

अघिल्लो दिन सोमबार १२.८४ अंकले घटेको नेप्से परिसूचक आज ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेको हो।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ।

यसदिन ३०३ स्क्रिप्सको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँमा खरिदबिक्री भए।

५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ ।

आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077