Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निर्माण व्यवसायीको वक्यौता भुक्तानी एक हप्ताभित्र हुने अर्थमन्त्री पौडेलको दाबी

निर्माण व्यवसायीको वक्यौता भुक्तानी एक हप्ताभित्र हुने अर्थमन्त्री पौडेलको दाबी

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र निर्माण व्यवसायीको वक्यौता भुक्तानी गर्ने बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौं रूपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आर्थिक वर्षकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरूको दाबी छ ।

त्यो अवस्थामा अर्थमन्त्री पौडेलले एक साताभित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्योट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077