Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका मेहताको मृत्यु

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका मेहताको मृत्यु

शनिवार , मंसिर ८, २०८१

सुनसरी । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।

प्रहरी हिरासतमा रहेका प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको हो।

प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

मेहताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077