Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सिन्धुलीबाट १८९ किलो गाँजासहित एक जना पक्राउ

सिन्धुलीबाट १८९ किलो गाँजासहित एक जना पक्राउ

शनिवार , मंसिर ८, २०८१

सिन्धुली । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077