Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अमेरिकामा नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

अमेरिकामा नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिवार , मंसिर ८, २०८१

एजेन्सी । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको बताइएको छ ।

कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077