Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौंमा फोहोर गरेको भन्दै बालेनले गराए एमालेलाई एक लाख जरिवाना

काठमाडौंमा फोहोर गरेको भन्दै बालेनले गराए एमालेलाई एक लाख जरिवाना

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।

काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा वातावरणीय नियम उल्लङ्घन गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको हो ।

उक्त सभाका क्रममा सडक र सडकपेटीमा फोहोरमैला फ्याँकिएको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई जरिवाना तोकेको छ ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077