Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आइतबारदेखि पैसा तिरेर धरहरा चढ्न पाइने

आइतबारदेखि पैसा तिरेर धरहरा चढ्न पाइने

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । आगामी आइतबारदेखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्करूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

यस्तै सरकारले स्विट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिब एक अर्ब ७६ करोड ९७ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077