Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बस दुर्घटना हुँदा २८ जना घाइते

बस दुर्घटना हुँदा २८ जना घाइते

शुक्रवार , मंसिर ७, २०८१

सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

कालीकोटबाट कैलालीको टीकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

शुक्रबार बेलुका सवा पाँच बजे दैलेखको आठविस नगरपालिका–२ सिस्ने नजिक बस भित्तामा ठोक्किएको
जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

अनियन्त्रित भएर बस भित्तामा ठोक्किएको बताइएको छ । प्रहरीका अनुसार बसमा सवार २८ जना घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको र उनीहरुलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।

२० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077