Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राहदानी वितरणको काम अनिश्चितकालका लागि बन्द

राहदानी वितरणको काम अनिश्चितकालका लागि बन्द

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि स्थगित भएको छ ।

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको काम ठप्प भएको हो ।

२ दिनदेखि नयाँ राहदानी बनाउने काम ठप्प भएको राहदानी विभागले जनाएको छ ।

हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै काम ठप्प भएको छ ।

विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ ।

समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकाले पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077