Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विरोधीहरुलाई प्रधानमन्त्री ओलीको जवाफ - कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो !

विरोधीहरुलाई प्रधानमन्त्री ओलीको जवाफ - कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो !

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि औंला ठड्याउनेहरूलाई तथ्य र प्रमाणको आधारमा बहस गर्न चुनौती दिएका छन् ।

दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।

भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भने, ‘कम्बोडियामा ३२ हजार करोड डलर, स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्न त अमेरिकाको बैंकमा रहेको आधा पैसा मेरै हो भन्दिए पनि भो !’

उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरे । यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077