Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यो समीकरणलाई ०८४ को चुनावसम्म कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री ओली

यो समीकरणलाई ०८४ को चुनावसम्म कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरणलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।

दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’

उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताए । प्रधानमन्त्री ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाए ।

उनले वर्तमान सरकार र समीकरण ८४ सम्मै टिक्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077