Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अहिलेकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्न सकिदैँन : विमलेन्द्र निधि

    अहिलेकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्न सकिदैँन : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • शुक्रबार, ७ मंसिर २०८१
  • 150
    SHARES

    जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बृहत् छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्।

    जनकपुर विमानस्थलमा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । बीआरआईमार्फत अनुदान मात्र लिनुपर्ने कांग्रेसको स्पष्ट अडान रहेको नेता निधिले बताए ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्न नहुनेमा कांग्रेस प्रष्ट रहेको उनले बताए ।



    नेता निधिले भने,‘प्रधानमन्त्रीज्यूलाई पार्टी सभापति शेरबहादुरजीले बीआरआईमा कांग्रेसको धारणा प्रस्ट राखिसक्नु भएको छ । प्रधानमन्त्रीज्यूले पनि यत्तिकै हस्ताक्षर गर्नुहुन्न । बीआरआई सही हो होइन भनेर प्रतिनिधि सभामा बृहत् छलफल हुनुपर्छ ।’

    बीआरआईमार्फत ऋण सहयोग लिन नहुने उनले बताए । अमेरिकी परियोजना एमसीसीका विषयमा पनि बृहत् छलफल भएको र बीआरआईमा पनि त्यस किसिमकै छलफल आवश्यक रहेको उनले बताए ।

    बीआरआईलाई लिएर कांग्रेस–एमालेबीच बढेको दूरीले सरकारलाई कुनै समस्या नपर्ने नेता निधिले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार