Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जागरण सभाका लागि भद्रकालीबाट एमालेको जुलुस सुरू

जागरण सभाका लागि भद्रकालीबाट एमालेको जुलुस सुरू

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि र्‍याली निकाल्न सुरु गरेको छ ।

एमालेले काठमाडौंमा गरेको जागरण सभाअन्तर्गत र्‍याली सुरू भएको हो ।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077