Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमालेको जागरण सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

एमालेको जागरण सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा गर्न लागेको जागरण सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

दरबारमार्गमा हुने जागरण सभामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सहभागी हुने भएका हुन् ।

सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १:३० बजे दरबारमार्गमा हुने जागरण सभामा पुग्ने कार्यक्रम रहेको छ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा जागरण सभा हुन लागेको हो।

संघीय सरकारको नेतृत्व गरिराखेको एमालेले सडकमा सभा गर्न लागेको हो।

गरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्‍याली दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077