Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु, एकको अवस्था चिन्ताजनक

मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु, एकको अवस्था चिन्ताजनक

शुक्रवार , मंसिर ७, २०८१

मोरङ । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसार मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका छन् ।

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार जारी छ । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077