Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्वडीआईजी छविको बयान काठमाडौंमा सकियो, अब पूर्व गृहमन्त्री रविलाई ल्याइने

पूर्वडीआईजी छविको बयान काठमाडौंमा सकियो, अब पूर्व गृहमन्त्री रविलाई ल्याइने

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंमा पनि बयान सकिएको छ ।

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालकसमेत रहेका जोशीको बिहीबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचनल गरेको आरोपमा जोशीसँग बयान लिइएको बताइएको छ ।

सहकारी ठगी प्रकरणमै कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई मंगलबार बेलुका काठमाडौं ल्याइएको थियो । अब उनलाई शुक्रबार पोखरा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

उनीमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई पनि अब केही दिनमा काठमाडौं झिकाएर बयान लिने प्रहरीको तयारी छ ।

अदालतले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077