Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय हवाई भाडा, कुन देशको कति ?

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय हवाई भाडा, कुन देशको कति ?

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादर घटाएको छ । बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको भाडादर पाँच हजारसम्म घटाएको हो ।

निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ।

यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको भाडादरमा पाँच हजार छुट दिएको छ।

दिइएको छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगमले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनपछि निगमले भाडादरमा केही छुटको व्यवस्था गरेको हो ।

मन्त्री पाण्डेले बुधबार वायु सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूलाई मन्त्रालय बोलाएर २४ घण्टाभित्र भाडा घटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077