Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रुसद्वारा युक्रेनमाथि अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार

रुसद्वारा युक्रेनमाथि अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार

बिहिवार , मंसिर ६, २०८१

एजेन्सी । रुसले युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले युक्रेनमाथि पहिलोपटक अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।

रुसले बिहीबार बिहान अस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ । युक्रेनी वायुसेनाले डेनिप्रो क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।

आक्रमणबाट कम्तीमा १५ जना घाइते भएका छन् । रुसले भने आईसीबीएम प्रहारबारे केही उल्लेख गरेको छैन ।

आईसीबीएमका साथै रुसले अन्य क्षेप्यास्त्रसमेत प्रहार गरेको जनाइएको छ । युक्रेनी सेनाले रुसले प्रहार गरेका ६ वटा 'के-१०१' क्रुज क्षेप्यास्त्र खसालेको जनाएको छ ।

युक्रेनले रुसमाथि बेलायतमा निर्मित लामो दूरीको 'स्ट्रोम स्याडो' क्षेप्यास्त्र प्रहार गरेको जवाफमा मस्कोले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

केही दिनअघि अमेरिकाले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) लगायतका लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका थिए ।

एटीएसीएमएससँगै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077