Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दोहोरो अंकले नेप्से घट्दा ८ अर्ब २५ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से घट्दा ८ अर्ब २५ करोडको सेयर कारोबार

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८० विन्दुमा अडिएको हो।

अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो ।

आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।

आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077