Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो : गृहमन्त्री लेखक

मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो : गृहमन्त्री लेखक

बिहिवार , मंसिर ६, २०८१

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।

प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

आजसम्म पनि मन्त्री हेरफेर गर्ने कुरामा कुनै छलफल नभएको गृहमन्त्री लेखकले बताए । प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने उनले बताए ।

उनले यो गठबन्धन २०८४ सम्मकायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर भएको सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077